
वीरगञ्ज, १८ भदौ। खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहलाई धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण साहलाई स्वास्थ्य समस्या भएपछि नारायणी अस्पताल भर्ना गरिएको छ ।
शनिबार पक्राउ परेकी २२ वर्षीय साहले पानीबाहेक अन्य खानेकुरा नखाएकाले अत्यधिक कमजोरी देखिएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । पेट दुख्ने र बान्ता भएपछि बुधबार बिहान अस्पताल लगिएको थियो ।
नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिका नगर प्रमुख मेयर राजेशमान सिंहलाई ज्यान मार्ने धम्की दिएको आरोपमा उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
