२00 बोरा अनुदानको मल लुकाएर राख्ने व्यापारी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १८, बुधबार (५ महिना अघि)
  • ४ पटक पढिएको
२00 बोरा अनुदानको मल लुकाएर राख्ने व्यापारी पक्राउ

उदयपुर, १८ भदौ। सरकारले किसानलाई वितरण गर्न पठाएको २00 बोरा अनुदानको मल लुकाएर आफ्नो गोदाममा भण्डार गर्ने व्यापारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी छन् । धौधरीलाई पक्राउ गरेर मंगलबार मात्रै जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईँले बताए ।

जिल्ला प्रशासन कार्यालय उदयपुरको बजार अनुगमन टोलीले १२ भदौमा अनुगनमन गर्दा चौधरीले सञ्चालन गरेको आशुतोष ट्रेडर्स एण्ड जेनरल स्टोर्सको गोदाममा अनुदानको मल फेला परेको थियो ।

अनुदानको मल अवैध तरिकाले लुकाएर राखेको पाइएपछि शिलबन्दी गरेर अनुसन्धान अघि बढाइएको थियो । उक्त मल सर्वदलीय छलफलपछि अहिले किसानलाई वितरण गर्ने काम अघि बढाइएको छ ।

१७५ बोरा मल वडा नं १ देखि ७ नम्बर वडासम्म वितरण गर्ने निर्णय गरिएको थियो । इलाका प्रहरी कार्यालय बाट किसानलाई वितरण गर्न मल वडा वडामा लगिसकेको डीएसपी बजगाईंले बताए ।

नगरपालिकाले वितरण गरेको मलको मूल्य एक हजार लिएर किसानलाई वितरण गरिने सर्वदलीय बैठकले  निर्णय गरेको छ । मल वितरणको रकम भने  राजस्वको खातामा जम्मा गरिने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस