एकैपटक न्याय सेवाका १७ सहसचिव र १३ उपसचिवको सरुवा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १९, बिहिबार (५ महिना अघि)
  • ३ पटक पढिएको
एकैपटक न्याय सेवाका १७ सहसचिव र १३ उपसचिवको सरुवा

काठमाडौं, १९ भदौ। न्याय सेवाका १७ सहसचिव र १३ उपसचिवको सरुवा भएको छ ।

न्याय सेवा आयोगको बुधवारको बैठकले सहसचिव र उपसचिवहरुको सरुवाको निर्णय गरेको हो ।

सो निर्णय अनुसार जितेन्द्रबाबु थपलियाको न्याय परिषद् सचिवालयमा सरुवा भएको छ । उनी विशेष अदालतमा रजिष्ट्रार पदको दरबन्दीमा रहे पनि न्याय परिषद् सचिवालयमा काजमा कार्यरत थिए ।

यसैगरी श्रीलाल पौडेलको सर्वोच्च अदालतमा सरुवा भएको छ । यसअघि उनी सर्वोच्च अदालतमा काजमा कार्यरत थिए । उनको दरबन्दी उच्च अदालत पाटनमा थियो ।

यसैगरी वेदप्रसाद उप्रेतीको पनि काज रहेकै ठाउँ विशेष अदालतको रजिष्ट्रार पदमा सरुवा भएको छ ।

हेर्नुहोस् सरुवा सूची –

ताजा अपडेट

खोजी गर्नुहोस