नुवाकोटमा बाढीले बगाउँदा एक बालिकाको मृत्यु, तीन जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १९, बिहिबार (५ महिना अघि)
  • ३ पटक पढिएको
नुवाकोटमा बाढीले बगाउँदा एक बालिकाको मृत्यु, तीन जना घाइते

नुवाकोट, १९ भदौ। विद्यालयबाट घर फर्किने क्रममा बाढीले बगाउँदा नुवाकोटको चिलाउनेगाउँमा एक स्कुले छात्राको मृत्यु भएको छ। यस्तै तीन जना घाइते भएका छन्। 

तादी गाउँपालिका–२ चिलाउनेगाउँस्थित चिलाउने आधारभूत विद्यालयबाट बुधबार घर फर्कने क्रममा स्थानीय चिलाउने खोलाले बगाएर एक कालिकाको मृत्यु भएको वडाध्यक्ष वच्चुराम तामाङले जानकारी दिए। उनका अनुसार कक्षा १ मा अध्ययनरत ६ वर्षीय सुशीकला तामाङको घटनास्थलमै मृत्यु भएको हो। 

सुशीकलासँगै खोलाले बगाएका सोही स्थानमा घर भएका कक्षा १ मा अध्ययनरत सुष्मा तामाङ, २ मा अध्ययनरत सात वर्षिया ज्योति तामाङ र जोयश तामाङ घाइते भएका छन्। 

घाइते तीनै जनालाई उद्धार गरी स्थानीय चिलाउने प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको स्थानीयवासी प्रदीप शर्माकट्टेलले जानकारी दिए। घाइते बालिकाहरूको अवस्था सुधार भएको प्रहरीले जनाएको छ। 

ताजा अपडेट

खोजी गर्नुहोस