डिल्लीबजारको कारागार पार्किङबाट स्कुटरको डिक्की फुटाएर चोरी, दुई जना पक्राउ 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १९, बिहिबार (५ महिना अघि)
  • १  पटक पढिएको
डिल्लीबजारको कारागार पार्किङबाट स्कुटरको डिक्की फुटाएर चोरी, दुई जना पक्राउ 

काठमाडौं, १९ भदौ। डिल्लीबजार कारागारको पार्किङमा राखिएको स्कुटरको डिक्की फुटाएर चोरी भएको छ ।

चोरीको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–८ घर भएका ३४ वर्षीय सविनकुमार श्रेष्ठ र काभ्रेको रोशी गाउँपालिका–३ का ३१ वर्षीय पाल्साङ दोर्जे छन् । प्रहरी वृत्त मालिगाँउबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

१५ भदौको दिउँसो १२ बजेतिर उनीहरूले कारागार कार्यालयको कम्पाउन्डमा राखेको बा ७६ प ७२५२ नम्बरको स्कुटरको डिक्की फुटाएर चोरी गरेको आरोप छ ।

उनीहरूले उक्त स्कुटरको डिक्कीबाट नगद १२ हजार, पर्स, एटीएम, लाइसेन्स, आइफोन, सामसुङ र ओप्पो मोबाइल चोरी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस