टिकटकमा हतियार प्रदर्शन गर्ने एक व्यक्ति ठमेलको होटलबाट पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १९, बिहिबार (५ महिना अघि)
  • १० पटक पढिएको
टिकटकमा हतियार प्रदर्शन गर्ने एक व्यक्ति ठमेलको होटलबाट पक्राउ

काठमाडौं, १९ भदौ। सामाजिक सञ्जाल टिकटकमा अवैध हतियार प्रदर्शन गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मुस्ताङको वारागुङ मुक्तिनाथ क्षेत्र गाउँपालिका–१ घर भएका २१ वर्षीय कर्म साङ्पो ठकुरी छन् ।

काठमाडौंको स्वयम्भू बस्दै आएका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनले टिकटकमा हर्नेट जस्तो देखिने हतियार प्रदर्शन गरेको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

ठमेलको एक होटलमा उनले हतियार लुकाएर राखेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले पक्राउ गरेको हो ।

उनले ठमेलको एक होटलको चौथो तलामा सिरकभित्र लुकाएर १९७६ मोडलको टीएम–०७के.के लेखिएको मेड इन हतियार लुकाएर राखेको पाइएको प्रहरीले बताएको छ ।

हतियारसहित पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट हातहतियार तथा खरखजनाको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस