सुर्खेतमा नक्कली विवाह गराई ठगी गरेको आरोपमा दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १९, बिहिबार (५ महिना अघि)
  • २ पटक पढिएको
सुर्खेतमा नक्कली विवाह गराई ठगी गरेको आरोपमा दुई जना पक्राउ

सुर्खेत, १९ भदौ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले नक्कली विवाह गराई ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेखका गोपाल कुमार विक (४०) र अछामकी भविसरा रास्कोटी मगर (३८) रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार सामाजिक सञ्जाल फेसबुक लगायतका माध्यमबाट कुराकानी गरी नक्कली आमाबुवा तथा छोरी बनेर विवाह गर्ने र विवाहपश्चात बेहुलीले नगद तथा गरगहना लिएर बेपत्ता भई ठगी गर्ने गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा फरक फरक मितिमा विभिन्न पुरुष व्यक्तिसँग एउटै महिलालाई विवाह गराइ ठगी गरेको भन्दै पीडितहरूले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । 

सोही जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । ‎पक्राउ परेका गोपाल कुमार विक दैलेख साढु घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० बस्ने होटल सदाशंकरका सञ्चालक हुन् ।

त्यस्तै भविसरा रास्कोटी मगर अछाम तुर्माखाद गाउँपालिका– ३ सिजी घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० बस्दै आएकी छिन् ।

‎उनीहरूलाई आपराधिक लाभ तथा ठगी कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बुढ्थापाले जानकारी दिए । 

ताजा अपडेट

खोजी गर्नुहोस