बाँके जिल्ला अदालतका नायब सुब्बा धमलालाई घुससहित पक्राउ 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १९, बिहिबार (५ महिना अघि)
  • ५ पटक पढिएको
बाँके जिल्ला अदालतका नायब सुब्बा धमलालाई घुससहित पक्राउ 

काठमाडौं, १९ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलालाई घुससहित पक्राउ गरेको छ।

आयोगको बुटवल कार्यालय तथा नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले धमलालाई सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। आयोगका अनुसार उनले अदालतको फैसला प्रतिलिपि उपलब्ध गराउने प्रयोजनका लागि सेवाग्राहीसँग सो रकम माग गरेका थिए।

धमलालाई आज नेपालगञ्ज उपमहानगरपालिका–९, शान्तिनगरस्थित यातायात चोकबाट घुससहित पक्राउ गरिएको आयोगले जनाएको छ।

पक्राउ परेका धमलामाथि आवश्यक थप अनुसन्धान जारी रहेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस