लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १९, बिहिबार (५ महिना अघि)
  • २ पटक पढिएको
लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ

दाङ, १९ भदौ। प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँका २१ वर्षीय पुष्कर घर्तीको साथबाट १ ग्राम ८ सय ६० मिलिग्राम र २७ वर्षीय कमल घर्तीको साथबाट ५ लागुऔषध ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

दाङका प्रहरीका प्रवक्ता डिएसपी चक्र बहादुर शाहका अनुसार पुष्करलाई पहिले पक्राउ गरेको प्रहरीले उनको बयानका आधारमा कमललाई पक्राउ गरेको हो । पुष्कर र कमल सहोदर दाजुभाई भएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस