मन्त्रीको गाडीले बालिकालाई ठक्कर दियो, स्थानीयद्वारा सडक अवरुद्ध

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २१, शनिबार (५ महिना अघि)
  • ३ पटक पढिएको
मन्त्रीको गाडीले बालिकालाई ठक्कर दियो, स्थानीयद्वारा सडक अवरुद्ध

काठमाडौँ, २१ भदौ। कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले बालिकालाई ठक्कर दिएको छ। ठक्करपछि ललितपुरको गोदावरी जाने मुख्य सडक स्थानीयले अवरुद्ध गरेका छन्।

उक्त सडक एमालेको दोस्रो विधान अधिवेशन स्थलतर्फ जाने प्रमुख मार्ग हो। सातदोबाटो ट्राफिक वृत्तका अनुसार हरिसिद्दी उकालोमा सुनुवार थरकी ११ वर्षीया बालिकालाई गाडीले सामान्य ठक्कर दिएको हो। बालिकाको अवस्था सामान्य रहेको र उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीयले सडक जाम गराएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस