बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २१, शनिबार (५ महिना अघि)
  • २ पटक पढिएको
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ

मकवानपुर, २१ भदौ। १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बकैया गाउँपालिका-१, रजुवाका ६२ वर्षीय प्रेम बहादुर ध्यावा रहेका छन्। उनलाई शुक्रबार बिहान इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

ध्यावाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस