काठमाडौंबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २१, शनिबार (५ महिना अघि)
  • ४ पटक पढिएको
काठमाडौंबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ, २१ भदौ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। दोलखा भीमेश्वर नगरपालिका-१ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-२ बस्ने ३८ वर्षीया रञ्जिता थापा (सिटौला) लाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-२ बाट पक्राउ गरेको हो। 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस