बाघको आक्रमणबाट एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २२, आईतबार (५ महिना अघि)
  • २ पटक पढिएको
बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा, २२ भदौ। बाघको आक्रमणबाट बारामा आइतबार एक जना वृद्धको ज्यान गएको छ । 

आज बिहान बिहान च्याउ टिप्न जाने क्रममा प्रगतिशील सामुदायिक वनभित्र बाघको आक्रमणबाट जीतपुर सिमरा–१ का ६० वर्षीय छेवाङ्ग लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख वेद प्रकाश जोशीले जनाएका छन् । 

लामा बिहान करिब ७ बजेतिर च्याउ टिप्न गएका थिए । जङ्गलमा बाघको आक्रमणबाट लामाको मृत्यु भएको घटना घाँस काट्न गएका अन्य स्थानीयहरूले देखेर प्रहरीलाई खबर गरेको ईप्रका सिमराले जनाएको छ । लामाको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैया पठाइएको ईप्रका सिमराका प्रमुख जोशीले बताएका छन् । 

यसअघि बाघको आक्रमणबाट बारा अम्लेखगञ्जका ३ जना स्थानीयहरूको ज्यान गइसकेको छ । पछिल्लो २ महिनामा बाघको आक्रमणबाट ४ जनाको ज्यान गइसकेको प्रहरीले जनाएको छ । 

पर्सा राष्ट्रिय निकुञ्जले बाघको आक्रमण बढेपछि प्रभावित क्षेत्रमा सिसी क्यामरा जडान गर्ने र नरभक्षी बाघलाई नियन्त्रणमा लिन चितवनबाट प्राविधिक टोली समेत आइसकेको जनाएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस