बाराबाट सालको काठ र कपडा बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २२, आईतबार (५ महिना अघि)
  • ३ पटक पढिएको
बाराबाट सालको काठ र कपडा बरामद

बारा, २२ भदौ। बाराको कोल्हबी नगरपालिका–८ नयाँबस्तीबाट सशस्त्र प्रहरीले अवैध सालको काठसहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी नायब निरीक्षक सुनिल कुमारको कमाण्डमा सशस्त्र प्रहरी र सब–डिभिजन वन कार्यालय मधुबनको संयुक्त टोलीले शनिबार २५ क्युफिट सालको काठसहित ट्याक्टर नियन्त्रणमा लिएको हो । बरामद गरिएको काठ र ट्याक्टरको अन्दाजी मूल्य करिब १० लाख ६० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यस्तै, मटिअर्वा सिमा इलाका प्रस्तावित सिमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिएको टोलीले शनिबार कलैया उपमहानगरपालिका–१० मटिअर्वा नजिक भारततर्फबाट भन्सार छली ल्याउँदै गरिएको रेडिमेड कपडा बरामद गरेको छ । बरामद गरिएको कपडाको मूल्य करिब ३० हजार रुपैयाँ रहेको छ भने १ लाख बराबरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नं. १२ गण बाराका गणपति एवम् प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार बरामद गरिएको सालको काठसहितको ट्याक्टरलाई आवश्यक कारबाहीका लागि सब–डिभिजन वन कार्यालय मधुबनमा बुझाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस