जेनजीको प्रदर्शनमा बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएपछि पुग्यो सेना

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २३, सोमबार (५ महिना अघि)
  • ४ पटक पढिएको
जेनजीको प्रदर्शनमा बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएपछि पुग्यो सेना

काठमाडौं,२३ भदौ। जेनजीको प्रदर्शनमा बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएपछि सेना परिचालन भएको छ ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेपछि कर्फ्यू लगाइएको थियो । त्यसपछि सेना परिचालन गरिएको हो ।

जेनजीहरुको प्रदर्शनमा संसद भवनभित्र समेत प्रदर्शनकारी छिरेका थिए ।

सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबार प्रदर्शन सुरु गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस