प्रदर्शनकारीमाथि गोलीबाट एक जनाको मृत्यु, बानेश्वर क्षेत्र थप तनावग्रस्त

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २३, सोमबार (५ महिना अघि)
  • २ पटक पढिएको
प्रदर्शनकारीमाथि गोलीबाट एक जनाको मृत्यु, बानेश्वर क्षेत्र थप तनावग्रस्त

काठमाडौं,२३ भदौ। प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ ।

सरकारले कर्फ्यू घोषणा गरेपनि प्रभावहीन देखिएको छ । कर्फ्यू लाग्नु अघिको तुलनामा अहिले प्रदर्शनकारीहरूले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् ।

संसद् परिसर भित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टासमेत प्रहार गरिरहेको छ ।

प्रदर्शनकारीले बानेश्वर चोक कुनामा रहेको संसद् भवन परिसरमा बारम्बार आगजनीको प्रयास गरेका छन् ।

भागदौडमा कतिपय घाइते भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस