काठमाडौंका सीडीओको आदेश : सार्वजनिक सम्पत्ति तोडफोड भए रवरको गोली चलाउनू

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २३, सोमबार (५ महिना अघि)
  • ३ पटक पढिएको
काठमाडौंका सीडीओको आदेश : सार्वजनिक सम्पत्ति तोडफोड भए रवरको गोली चलाउनू

काठमाडौं, २३ भदौ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सुरक्षाकर्मीहरूलाई गोली चलाउने आदेश दिएका छन् ।

उनले सार्वजनिक सम्पत्ति संरक्षणका लागि भन्दै सुरक्षाकर्मीहरूलाई ‘आवश्यक परेमा रवरको गोली हान्नु’ भनी आदेश दिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालले बताए ।

‘प्रमुख जिल्ला अधिकारीज्यूले सार्वजनिक सम्पत्ति संरक्षणका लागि आवश्यक परेमा बल प्रयोग गर्ने आदेश दिनुभएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘सार्वजनिक सम्पत्तिमाथि आक्रमण भएमा सुरक्षाकर्मीहरूले चेतावनी दिएर सामान्य बल प्रयोग गरेपनि गोली चलाउन पाउने अनुमती भएको हो ।’

सहायक प्रमुख जिल्ला अधिकारीले सोझै कुनै व्यक्तिमाथि गोली प्रहार गर्न आदेश नभएको र रबरको गोली प्रयोग गर्ने हदसम्म मात्रै अनुमती दिइएको बताए ।

तर अहिलेसम्म कति जनामाथि गोली प्रहार भयो र कति घाइते छन् भन्नेबारे कुनै जानकारी नभएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस