पोखरामा जेनजी प्रदर्शनकारीले गरे गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यालय घेराउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २३, सोमबार (५ महिना अघि)
  • ३ पटक पढिएको
पोखरामा जेनजी प्रदर्शनकारीले गरे गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यालय घेराउ

काठमाडौं, २३ भदौ। पोखरामा जेनजी प्रदर्शनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् ।

प्रर्दशनकारीले मुख्यमन्त्री कार्यालय घेराउ गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप जारी छ ।

मुख्यमन्त्री कार्यालय छिर्ने रत्नचाेक, शहीद चाेक क्षेत्रबाट जेन-जीले प्रदर्शन कार्यालयमा प्रदर्शन गरेकाे छ । प्रदर्शनकारीले सरकारी गाडी ताेडफाेडसमेत गरेकन छन् । प्रहरीले अश्रुग्याँस प्रहार गरेर भीड तितरबितर बनाएकाे छ ।

प्रदर्शनकारीले गरेकाे ढुंगा प्रहारले मुख्यमन्त्री कार्यालयका झ्यालका सिसा फुटेका छन् । प्रहरीले अहिले पनि अश्रुग्याँस प्रहार गरिरहेकाे छ ।

ताजा अपडेट

खोजी गर्नुहोस