सिभिल अस्पतालमा ५० भन्दा बढी घाइते, अश्रुग्यासले स्वास्थ्यकर्मी त्रसित अवस्थामा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २३, सोमबार (५ महिना अघि)
  • २ पटक पढिएको
सिभिल अस्पतालमा ५० भन्दा बढी घाइते, अश्रुग्यासले स्वास्थ्यकर्मी त्रसित अवस्थामा

काठमाडौं, २३ भदौ। जेनजीको प्रदर्शनका कारण काठमाडौंको नयाँबानेश्वर क्षेत्र अहिले तनावग्रस्त छ । नजिकै रहेको निजामती कर्मचारी(सिभिल) अस्पताल घाइतले भरिएको छ ।

अस्पतालमा अहिले ५० जना भन्दा बढी घाइते रहेका छन् । घाइते थपिनेक्रम जारी छ । अस्पतालले पूरा शक्ति लगाएर घाइतेको उपचार गरिरहेको छ । घाइते हुनेमध्ये अधिकांशलाई रबरको गोली लागेको चिकित्सकले बताएका छन् ।

प्रहरीले प्रदर्शनकारीमाथि प्रहार गरेको अश्रुग्यास अस्पताल हाताभित्र समेत खसेको छ । अश्रुग्यासको पिरो धुवाँ इमरर्जेन्सीभित्र समेत आइरहेको छ । घाइतेको उपचारमा कठिनाइ उत्पन्न भएको छ ।

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीहरु त्रसित अवस्थामा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस