वीरगन्जमा युवकद्वारा महिलामाथि गोली प्रहार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २३, सोमबार (५ महिना अघि)
  • ३ पटक पढिएको
वीरगन्जमा युवकद्वारा महिलामाथि गोली प्रहार

वीरगन्ज, २३ भदौ। वीरगन्ज–१६ रजत जयन्ती चोकमा सोमबार दिउँसो एक महिलामाथि गोली प्रहार भएको छ। दिउँसो करिब ४ बजेतिर खाजा पसलभित्र गोली चलेको घटनामा भारतको बिहार राज्यकी २८ वर्षीया निशा कुमारी सहनी गम्भीर घाइते भएकी छन्।

प्रहरीका अनुसार भारतको झारखण्ड निवासी अन्दाजी ३० वर्षीय प्रदीप शर्माले ग्राहक बनेर पसल प्रवेश गरी सहनीमाथि गोली हानेका थिए। बायाँ गालामा गोली लागेकी सहनीलाई तत्काल नारायणी अस्पताल पुर्‍याइएकाे र उनको अवस्था गम्भीर रहेको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

घटनापछि भाग्न खोजेका शर्मा वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले पक्राउ गरी नेपाल प्रहरीले जिम्मा लिएको छ। उनको साथबाट कटुवा पेस्तल समेत बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिए। शर्माले सहनीलाई लक्षित गरी किन गोली प्रहार गरे भन्नेबारे हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस