प्रदर्शनकारीले प्रचण्ड निवासमा तोडफोड, नजिकको प्रहरी बिटमा आगजनी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २४, मंगलबार (५ महिना अघि)
  • २ पटक पढिएको
प्रदर्शनकारीले प्रचण्ड निवासमा तोडफोड, नजिकको प्रहरी बिटमा आगजनी

काठमाडौं, २४ भदौ। प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् । नजिक रहेको प्रहरी बिटमा आगजनी गरेर अघि बढेको समूहले प्रचण्डको निवास पुगेर ढुंगामुढा गरेको हो ।

उनीहरु गेट अगाडि उभिएर ढुंगामुढा गरिरहेका छन् । आज बिहानैदेखि ललितपुरका विभिन्न ठाउँमा प्रहरी बिटमा आगो लगाउने र प्रदर्शन गर्ने क्रम जारी छ ।

एक समूहले ललितपुर सुनाकोठीको ढोलाहिटीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत आगजनी गरेको छ । आजै बिहानै हरिसिद्धीस्थित प्रहरी प्रभागमा पनि आगजनी भएको छ ।

नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीका अनुसार ललितपुर बिहानैदेखि अशान्त छ । ‘प्रदर्शनको प्रभाव गाउँहरुमा समेत परेको छ । गाउँहरुमा र भित्री सडकहरुमा समेत बन्दको अवस्था छ,’ अध्यक्ष कार्कीले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस