प्रदर्शनकारीले सर्लाहीमा एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २४, मंगलबार (५ महिना अघि)
  • ४ पटक पढिएको
प्रदर्शनकारीले सर्लाहीमा एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी

सर्लाही, २४ भदौ। प्रदर्शनकारीले सर्लाहीमा नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका हुन् । सोमबार जेनजीको प्रदर्शनमा प्रहरी दमन भएको विरोधमा कार्यालयमा आगजनी गरिएको हो ।

सोमबारको आन्दोलनमा देशैभर १९ जनाको मृत्यु भएको छ भने ४०० बढी घाइते भएका छन् । त्यसको विरोधमा आज देशकै प्राय: सहरमा प्रदर्शन भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस