नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा आगजनी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २४, मंगलबार (५ महिना अघि)
  • २ पटक पढिएको
नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा आगजनी

काठमाडौं, २४ भदौ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा जेनजीका प्रदर्शनकारीले आगजनी गरेका छन् ।

उनीहरूले महामन्त्री थापाको रातोपुलस्थित घरमा आगजनी गरेका हुन् ।उनीहरूले  गगन थापाको घरमा रहेको गाडीमा  सुरूमा आगजनी गरेका थिए ।

सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आन्दोलनमा उत्रिएका जेनजीका युवाहरूमाथि हिजो प्रहरीले चरम दमन गरेको थियो।  साथै प्रहरीले चलाएको गोली लागेर कम्तिमा पनि १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस