सेनाले काठमाडौंको विभिन्न स्थानबाट बरामद गर्‍यो लुटिएका हतियार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २५, बुधबार (५ महिना अघि)
  • ३ पटक पढिएको
सेनाले काठमाडौंको विभिन्न स्थानबाट बरामद गर्‍यो लुटिएका हतियार

नेपाली सेनाले विभिन्न स्थानबाट हातहतियार बरामद गरेको छ । काठमाडौं र पोखराबाट विभिन्न किसिमका हतियार एवं गोलीगठ्ठा बरामद गरिएको हो ।

सेनाले बुधबार बिहान विज्ञप्ति निकालेर बरामद हतियारबारे जानकारी गराएको हो । काठमाडौंको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको सूचना जारी गरिएको छ ।

साथै, २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैरसैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार भइरहेको सेनाले जानकारी गराएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस