रौतहटको गौर कारागार तोडफोड, २६० कैदी फरार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २५, बुधबार (५ महिना अघि)
  • ४ पटक पढिएको
रौतहटको गौर कारागार तोडफोड, २६० कैदी फरार

रौतहट, २५ भदौ। रौतहटको सदरमुकाम गौरमा मंगलबार हिंसात्मक प्रदर्शनपछि जिल्ला कारागारमा तोडफोड भयो र २६० जना कैदी फरार भएका छन्। प्रशासनका अनुसार, कारागारमा जम्मा २९१ कैदी थिए, जसमा ३१ जना मात्र सुरक्षित रहे।

फरार कैदीहरू र प्रदर्शनकारीको हिंसाले जिल्लाभर शान्ति सुरक्षामा ठूलो चुनौती सिर्जना गरेको छ। प्रदर्शनकारीले चन्द्रपुर, मौलापुर, गौर र गरुडा नगरपालिकाका सरकारी भवनहरूमा तोडफोड गरेका छन्।

इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, डिभिजन सडक कार्यालय र डिभिजन वन कार्यालय पनि प्रदर्शनकारीको लक्षित बनेका छन्। जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमाथि ढुंगामुढा प्रहार भएको छ।

घटनापछि सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ भने फरार कैदीहरूको खोजी कार्य तीव्र गतिमा जारी छ। जिल्लाभर सुरक्षाकर्मीको बाक्लो उपस्थिति र जनजीवनमा त्रासले सामान्य जीवन प्रभावित बनेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस