देशका विभिन्न कारागारबाट कैदीबन्दीहरू भाग्दै

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २५, बुधबार (५ महिना अघि)
  • २ पटक पढिएको
देशका विभिन्न कारागारबाट कैदीबन्दीहरू भाग्दै

काठमाडौं, २५ भदौ। देशका विभिन्न कारागारहरूबाट कैदीबन्दीहरू भाग्ने क्रम जारि छ। सहकारी ठगी प्रकरणमा संलग्न भन्दै ललितपुरको नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जनकपुर बमकाण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय भोगिरहेका पूर्व राज्यमन्त्री सञ्जय टकला समेत जेलबाट बाहिर निस्केका छन्।

राजधानी उपत्यकामा भागेका कैदीहरूले गएराती विभिन्न स्थानमा लुटपाट गरेका घटनासमेत प्रहरी अनुसन्धानमा आएको छ। त्यस्तै, ललितपुरको नख्खु र काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारसहित झापा, सोलुखुम्बु, महोत्तरी, कैलाली, बैतडी, दाङ, रुकुम पश्चिम र कास्कीका कारागारहरूबाट कैदी फरार भएका छन्।

मकवानपुरको भीमफेदी कारागारबाट मात्र झन्डै साढे दुई सय कैदी भागेका छन् भने कास्कीको कारागारबाट ३७४ जना फरार भएका छन्। महोत्तरीको जलेश्वर कारागारबाट साढे पाँच सयभन्दा बढी कैदी भागेको विवरण प्राप्त भएको छ। जुम्लाबाट समेत कैदी भागेको पुष्टि भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस