जेनजी आन्दोलनमा प्रहरी वृत्त महाराजगञ्जका २ प्रहरीको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २५, बुधबार (५ महिना अघि)
  • ३ पटक पढिएको
जेनजी आन्दोलनमा प्रहरी वृत्त महाराजगञ्जका २ प्रहरीको मृत्यु

काठमाडौं, २५ भदौ। प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ ।

जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको बताइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको पुष्टि गरे ।

मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ ।

बाँकी कहाँ कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म यकिन विवरण नआएको उनले बताए । ‘केही अहिलेसम्म सम्पर्कविहीन छन्, केही पत्ता नलागी भन्न मिल्ने अवस्था छैन’, उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस