नेपाल टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा ३ दिनका लागि नि:शुल्क

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २५, बुधबार (५ महिना अघि)
  • ३ पटक पढिएको
नेपाल टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा ३ दिनका लागि नि:शुल्क

काठमाडौं, २५ भदौ। नेपाल टेलिकमले तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ ।

यो सेवा हिजो रातिदेखि सक्रिय भएको हो । नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले यो विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वदेश तथा विदेशमा रहेका आफन्तहरूसँगको सम्पर्कलाई सहज बनाउनका लागि प्रदान गरिएको जानकारी दिए ।

यो सुविधाका लागि ग्राहकहरूले डेटा लिन स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गरी र भ्वाइस कल सेवा लिन स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गरी लिन सक्नेछन् ।

प्रवक्ता मानन्धरका अनुसार यो जानकारी सबै ग्राहकहरूको मोबाइलमा एसएमएस मार्फत पठाइएको छ ।

नि:शुल्क उपलब्ध गराइएको डेटा १ एमबीपीएस क्षमताको रहेको छ र भ्वाइस कल नेपाल टेलिकमको नेटवर्कभित्र (अननेट) मात्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस