कटहरिया नगरपालिकामा लुटपाट, तोडफोड र आगजनीबाट करोडौंको क्षति

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २५, बुधबार (५ महिना अघि)
  • ३ पटक पढिएको
कटहरिया नगरपालिकामा लुटपाट, तोडफोड र आगजनीबाट करोडौंको क्षति

रौतहट, २५ भदौ। रौतहटको कटहरिया नगरपालिकामा गएराति लुटपाट, तोडफोड र आगजनी भएको छ।

आन्दोलनका नाममा जेनजीका प्रदर्शनकारी भन्दै केही अराजक समुहले राति नगरपालिका कार्यालयमा आक्रमण गरेका हुन् ।आन्दोलनकारीले पालिकाको स्काभेटर र तीनवटा गाडी समेत जलाएका छन्।

आक्रमणकारीहरुले नगरपालिका कार्यालय भित्र प्रवेश गरी कार्यालयको महत्वपूर्ण सम्पुर्ण कागजात, सोफा, दराज, झ्याल लगाएतका सामान आगो लगाएर जलाइदिएका छन् ।

त्यस्तै उनीहरूले नगरपालिका कार्यालयको समपुर्ण कम्प्युटर, ल्याप्टप, प्रिन्टर, केही कुर्सी, बैटरी, इन्भर्टर लगाएतका सामान लुटपाट गरी लगेका छन् ।

आगलागीका कारण कार्यालयको सम्पुर्ण महत्वपूर्ण कागजात लगाएतका सामान जलेर पूर्ण रूपमा नष्ट भएको छ। आगलागीले भवनमा समेत क्षति पुगेको छ । उनीहरूले कोठा कोठामा पुगेर आगो लगाएका थिए ।

आगलागीले अधिकांश सामान जलेर नष्ट हुँदा करीब २ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

राजनीतिक प्रतिशोध साध्ने नियतका साथ आफ्ना विपक्षीहरुले जेनजी आन्दोलनको फाइदा उठाएको कटहरिया नगर प्रमुख अजय प्रकाश जयसवालले आरोप लगाएका छन्।

जेनजी प्रदर्शनकारीको नाममा विकास विरोधी अराजक तत्वहरूले नगरपालिका कार्यालयमा लुटपाट, तोडफोड र आगजनी गरी सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनु निन्दनीय कार्य रहेको मेयर जयसवालले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस