मोरङमा रहेका कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि प्रहरीद्वारा गोली प्रहार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २५, बुधबार (५ महिना अघि)
  • ४ पटक पढिएको
मोरङमा रहेका कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि प्रहरीद्वारा गोली प्रहार

विराटनगर, २५ भदौ। जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ ।

कैदीबन्दी छुटाउने योजनासहित एउटा समूह पुगेपछि प्रहरीले हवाई फायर गरेको हो ।

कैदीबन्दी छुटाउनु पर्ने मागसहित एउटा समूह पुगेपछि कारागारबाट कैदीबन्दीहरूले पनि भाग्ने प्रयास गरेका थिए । भीडलाई तितरबितर बनाउन प्रहरीले १५ राउन्ड हवाई फायर गरेको हो ।

हवाई फायरपछि कैदीबन्दी छुटाउन पुगेको भीड तितरबितर भएको छ । कारागारमा नेपाली सेनाको टोली पनि पुगेको छ । सेनाको टोली पुगेपछि अवस्था सामान्य छ ।

 मोरङ कारागारमा एक हजार १ सय बढी कैदीबन्दी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस