
काभ्रेपलाञ्चोक, २६ भदौ। सिन्धुली कारागारबाट भागेका कैदी तथा थुनुवामध्ये १ सय ६० जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एस्पी लालध्वज सुवेदीका अनुसार कारागारबाट फरार भएका ४ सय ७१ जना मध्ये १ सय ६० जनालाई बिभिन्न स्थानबाट नियन्त्रणमा लिएर कारागाारमा राखिएको जानकारी दिए ।
उनीहरूलाई बर्दिबास, खुर्कोट तथा सिन्धुलीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको थियो ।
कारागाारमा ४२८ जना पुरुष र ४३ जना महिला कैदी थिए । एसपी सुवेदीले अन्य भागेकाहरूको खोजी कार्य जारी रहेको छ ।
