देशभरको कारागारबाट भागेका १ हजार ४५५ कैदी पक्राउ, १२ हजार ८५२ अझै फरार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २६, बिहिबार (५ महिना अघि)
  • २ पटक पढिएको
देशभरको कारागारबाट भागेका १ हजार ४५५ कैदी पक्राउ, १२ हजार ८५२ अझै फरार

काठमाडौं, २६ भदौ। देशभरको कारागारबाट भागेका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन् ।

जेनजीको प्रदर्शन उग्र बनेपछि कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दीलाई पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।

अझै १२ हजार ८५२ कैदीबन्दी फरार नै रहेका छन् । देशभरका कारागारबाट १४ हजार ५०७ कैदीबन्दी फरार भएका थिए ।

त्यसैगरी प्रहरी हिरासतमा रहेका ५७३ थुनुवा फरार भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस