बालसुधार गृहबाट भागेका ४१ जनालाई बालबन्दी फर्काइए, अझै ३१ जना फरार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २६, बिहिबार (५ महिना अघि)
  • ४ पटक पढिएको
बालसुधार गृहबाट भागेका ४१ जनालाई बालबन्दी फर्काइए, अझै ३१ जना फरार

हेटौंडा, २६ भदौ। हेटौंडा उपमहानगरपालिका–११ स्थित बाल सुधार गृह तोडफोड गरेर भागेका ७२ जनामध्ये ४१ जना बालबन्दीलाई फर्काइएको छ ।

हिजो बुधबार र आज बिहीबार गरेर भागेकाहरू ७२ जनामध्ये ४१ जनालाई नियन्त्रणमा लिइएको बाल सुधार गृहका प्रमुख प्रदीप गौतमले जानकारी दिए । उनकाअनुसार भागेकामध्ये २ जना आफैं फर्किएका हुन भने बाँकीलाई प्रहरीले नियन्त्रणमा लिएर बाल सुधार गृहको जिम्मा लगाएको थियो ।

३१ जना अझै फरार रहेको गौतमले बताए । १० देखि १५ जना बालबन्दीहरु परिवारको सम्पर्कमा समेत नआएको अभिभावकहरुले सुधार गृहलाई जानकारी गराएका छन् । केही अभिभावकहरुले आफ्ना बालकलाई आफैं फर्काएर ल्याउने प्रतिबद्धता जनाएको प्रमुख गौतमले बताए ।

सुधार गृहमा ९४ जना बालबन्दीहरू बस्दै आएका थिए । अपराधमा संलग्न भएको आरोपमा कम उमेरका बालकहरूलाई सुधार गृहमा राखिने गरिएको छ । बुधबार २२ जना बालकहरू भने सुधार गृहमै बसेका थिए ।

गौतमका अनुसार, आइतबार दिउँसो करिब साढे ३ बजे बालसुधार गृहको संरचना तोडेर उनीहरू फरार भएका हुन् । सुधार गृहको गेट बाहिर अभिभावकहरू आएपछि ढुंगामुढा भएको उनले बताए ।

बाहिरबाट अभिभावकहरूले ढुंगामढा गरेपछि बालबन्दीहरूले भित्र तोडफोड गरेर भागेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस