रामेछापमा आज साँझ ६ बजेसम्म निषेधाज्ञा जारी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २७, शुक्रबार (५ महिना अघि)
  • २ पटक पढिएको
रामेछापमा आज साँझ ६ बजेसम्म निषेधाज्ञा जारी

काठमाडौं, २७ भदौ। रामेछापमा शुक्रबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ  ।

जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखेर प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले शुक्रबार दिनभर निषेधाज्ञा जारी गरेका हुन् ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार लागू भएको निषेधाज्ञाअनुसार जिल्लाभर प्रदर्शन, जुलुस, हुलदंगा, घेराउ वा पाँचजनाभन्दा बढी व्यक्तिहरू भेला भएर विरोधका कार्यक्रम गर्न रोक लगाइएको छ ।

यसअघि बिहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म जिल्लाका केही क्षेत्रलाई लक्षित गरेर निषेधाज्ञा तथा कर्फ्यु आदेश जारी गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी थापाले प्रशासन कार्यालयबाट जारी सूचनाको पालना गरी शान्ति सुव्यवस्था कायम राखिदिन सबैलाई अनुरोध गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस