कपिलवस्तु कारागारबाट भागेका १३१ कैदीबन्दी प्रहरीको नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २७, शुक्रबार (५ महिना अघि)
  • २ पटक पढिएको
कपिलवस्तु कारागारबाट भागेका १३१ कैदीबन्दी प्रहरीको नियन्त्रणमा

बुटवल, २७ भदौ। जेनजी आन्दोलनको मौका पारेर कपिलवस्तु कारागारबाट बुधबार बिहान भागेका १३१ कैदीबन्दीलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको  हो । 

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भागेका मध्ये  ११४ जना  कपिलवस्तुबाट र अन्य १७ जना अन्य जिल्लाबाट नियन्त्रण लिइएको बताए ।

कारागारमा रहेका कुल ४७० जनामध्ये २८ जना बाहेक अन्य कैदी तोडफोड गर्दे भागेका थिए । अन्य फरार रहेका कैदीबन्दीहरूको तीव्र खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । 

ताजा अपडेट

खोजी गर्नुहोस