
काठमाडौँ, २८ भदौ। जेनजी प्रदर्शनको क्रममा प्रहरीसँग लुटेको चाइनिज पेस्तोलसहित एक जनालाई सेनाले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका–४ घर भएका आरोपी छन् ।
उनको साथबाट ९ एमएमको चाइनिज पेस्तोल बरामद गरिएको सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले बताए । सेनाले अहिलेसम्म २६८ थान हतियार बरामद गरेको छ ।
