जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका ६ कैदीबन्दी गोरखाबाट पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २८, शनिबार (५ महिना अघि)
  • ४ पटक पढिएको
जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका ६ कैदीबन्दी गोरखाबाट पक्राउ

गोरखा, २८ भदौ। जेनजी आन्दोलनका क्रममा कास्की र तनहुँ कारागारबाट भागेका ६ जना कैदीवन्दी गोरखाबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चुमुनव्री गाउँपालिका–६ चुम्चेतका सोनम दोर्जे लामा, छेवाङ लामा, सोनम घ्याल्जेन लामा र तेन्जीन रिक्तेल लामा रहेका छन् । कर्तव्य ज्यान मुद्दामा विगत आठ बर्षदेखि उनीहरु कास्की कारागारमा रहेर सजाय भुक्तान गरिरहेका थिए।

‘आन्दोलनको क्रममा कारागारबाट भागेर आएका रहेछन्,’ प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भने, ‘बिशेष सूचनाको आधारमा बुधवार उनीहरुलाई हामीले पक्राउ गरेका हौ ।’

कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका भीमसेन थापा गाउँपालिका–१ मसेलका राजेश विश्व सुनार पनि पक्राउ परेको प्रहरीले जनाएको छ । कास्की कारागारबाटै भागेर आएका उनलाई शुक्रवार पक्राउ गरिएको बताइएको छ ।

तनहुँ कारागारबाट भागेर आएका सिरानचोक गाउँपालिका–८ का बिशाल उपरकोटी पनि पक्राउ परेका छन् । चोरी मुद्दाका उनी थुनुवा रहेको डिएसपी सुवेदीले बताए।

‘उपरकोटी थुनुवा र बाँकी सबै कैदी हुन्, उनीहरु सबैलाई सम्बन्धित कारागारमा पठाउने तयारी गरिरहेका छौ,’ उनले भने।

आन्दोलनको क्रममा बिभिन्न जिल्लाका कारागारबाट भागेका कैदीवन्दीहरु गोरखा आएको हुनसक्नै भन्दै निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस