निजामती कर्मचारी अस्पतालबाट ३६६ जना घाइतेको डिस्चार्ज

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ३१, मंगलबार (५ महिना अघि)
  • ३ पटक पढिएको
निजामती कर्मचारी अस्पतालबाट ३६६ जना घाइतेको डिस्चार्ज

काठमाडौँ, ३१ भदौ। निजामती कर्मचारी अस्पतालबाट सामान्य उपचारपछि ३६६ जना घाइते डिस्चार्ज भएको विवरण सार्वजनिक भएको छ । अस्पतालले मंगलबार जारी गरेको सूचनाअनुसार आन्दोलनपछि अस्पतालमा ४६१ जना घाइते आएका थिए । त्यसमा ४४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको र ५१ जना भर्ना भएको अस्पतालले जनाएको छ । 

यस्तै भर्ना भएकामध्ये ४२ जना डिस्चार्ज रहँदा अझैपनि ९ जना भर्ना भएर उपचाररत छन् । यसैगरी भर्ना भएकामध्ये कुल ५० जनाको शल्यक्रिया गरिँदा ११ जनाको पुनः शल्यक्रिया गर्नुपरेको समेत अस्पतालको सूचनामा उल्लेख छ । 

यस्तै सोही अस्पतालमा उपचारको क्रममा ६ जनाको मृत्यु समेत भएको थियो । 

ताजा अपडेट

खोजी गर्नुहोस