नख्खु कारागारबाट भागेका एक कैदी सर्लाहीमा पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ३१, मंगलबार (५ महिना अघि)
  • ४ पटक पढिएको
नख्खु कारागारबाट भागेका एक कैदी सर्लाहीमा  पक्राउ

सर्लाही, ३१ भदौ। जेनजी आन्दोलनको आडमा नख्खु कारागार काठमाडौँबाट फरार एकजना कैदीलाई सर्लाही स्थित प्रहरीले पक्राउ गरेको छ।

नख्खु कारागार, काठमाडौँमा कर्तव्य ज्यान मुद्दामा सर्लाही, मलंगवा नगरपालिका–७ निवासी करिब ३० वर्षीय फिरोज मंसुर नख्खु कारागारको ‘न्यु ब्लक’ मा कैद भुक्तान गरिरहेका थिए। तर, भदौ २५ गते जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट भागी फरार भएका थिए।

गोप्य सूचनाको आधारमा मंसुर आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा सोमवार साँझ ६ः३० बजे जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट सई शनिदेवल साहको नेतृत्वमा खटिएको टोलीले उनलाई घरमै नियन्त्रणमा लिएको हो।

पक्राउ परेका कैदीलाई हाल जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको छ। उनलाई कारागार कार्यालय सर्लाहीमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस