जनमतका दुई मन्त्रीले दिए राजीनामा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १, बुधबार (५ महिना अघि)
  • ४ पटक पढिएको
जनमतका दुई मन्त्रीले दिए राजीनामा

जनकपुरधाम, ०१ भदौ। मधेश प्रदेशका जनमतका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

उद्योग वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहा र वनमन्त्री संजय कुमार यादवले पदबाट राजिनामा दिएका हुन् ।

उनीहरुले भदौ २४ गतेकै मितिको राजिनामा पत्र मुख्यमन्त्री सतीश कुमार सिंहलाई बुझाएका छन्।

जिएनजीको आन्दोलन चर्किँदा मुख्यमन्त्री सतीश कुमार सिंहले फेसबुकबाटै राजिनामा घोषणा गरेका। तर उनले पछि राजिनामाको कुरा फेरेका छन्।

उनले औपचारिक राजीनामा दिन नमानेपछि जनमत संसदीय दलले प्रदेश प्रमुख र सभामुखसमक्ष मुख्यमन्त्री/मन्त्री फिर्तासँगै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको पत्र पठाएका छन्। मधेस सरकारमा जनमतका दुई मन्त्री थिए।

ताजा अपडेट

खोजी गर्नुहोस