रसुवा कारागारबाट ९७ कैदीबन्दीमध्ये ९१ कैदीबन्दी कारागार फर्किए

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २, बिहिबार (५ महिना अघि)
  • ३ पटक पढिएको
रसुवा कारागारबाट ९७ कैदीबन्दीमध्ये ९१ कैदीबन्दी कारागार फर्किए

रसुवा, ०२ असोज। जेनजी प्रदर्शनका क्रममा रसुवा कारागारबाट फरार ९७ कैदीबन्दीमध्ये ९१ जना फर्किएका छन् । 

गत भदौ २५ गते कारागारबाट फरार भएका कैदीबन्दीमध्ये केहीलाई सुरक्षाकर्मीले घरबाट पक्राउ गरेका थिए भन केहीले आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए । 

उनका अनुसार अझै फरार हुनेमा रसुवा कालिका–३ का रूपेश नेपाली, रसुवा उत्तरगया–३ का छिरिङ भन्ने सुमन तमाङ, गोसाइँकुण्ड गाउँपालिका–१ का निमा दोर्जे तामाङ र सोही गाउँपालिकाका–३ का कर्मा सोनाम तामाङ छन् । साथै नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–१ का वीरमान तामाङ र सोही गाउँपालिका–५ का निर्मल तामाङ रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस