आज संविधान दिवस २०८२ विभिन्न कार्यक्रमसहित मनाइँदै

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ३, शुक्रबार (५ महिना अघि)
  • २ पटक पढिएको
आज संविधान दिवस २०८२ विभिन्न कार्यक्रमसहित मनाइँदै

काठमाडौँ, ०३ असोज। नेपालमा आज संविधान दिवस २०८२ विभिन्न कार्यक्रमसहित मनाइँदै छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा टुँडिखेलस्थित सैनिक मञ्चमा बिहान साढे ८ बजे औपचारिक समारोह आयोजना गरिएको छ।

समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। यद्यपि अहिलेको विशेष राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै यसपालि झाँकीलगायत सांस्कृतिक प्रस्तुतिहरू स्थगन गरिएको छ।

संविधान दिवसलाई नेपाली जनताको लामो संघर्ष र बलिदानीपूर्ण यात्राको ऐतिहासिक उपलब्धिको दिनका रूपमा लिइन्छ। संविधानसभा–२ बाट व्यापक छलफल र बहसपछि २०७२ असोज ३ गते ‘नेपालको संविधान’ जारी गरिएको थियो।

तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले सो संविधानलाई नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा विशेष सभामार्फत घोषणा गरेका थिए। यसरी, संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउँदै नेपाल आज पनि संविधानलाई जनआकांक्षाको प्रतीकका रूपमा स्मरण गर्दैछ।

ताजा अपडेट

खोजी गर्नुहोस