बाल्टिनमा डुबेर १ वर्षीय बालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ३, शुक्रबार (५ महिना अघि)
  • २ पटक पढिएको
बाल्टिनमा डुबेर १ वर्षीय बालकको मृत्यु

महोत्तरी, ०३ असोज। महोत्तरीमा पानी भरी राखिएको बाल्टिनमा डुबेर १ वर्षीय बालकको मृत्यु भएको छ।

जिल्लाको गौशाला नगरपालिका – ५ गौशालामा बिहिबार दिउँसो पानी भरी राखिएको बाल्टिनमा डुबेर भारत घर भएकी कान्ति देवी मुखियाको छोरा १ वर्षीय चन्दन मुखियाको मृत्यु भएको हो।

प्रहरीका अनुसार उनीहरु उक्त स्थानमा भाडामा बस्दै आईरहेका थिए। बिहिबार दिउँसो आफ्नै कोठामा पानी भरी राखिएको बाल्टिनमा डुबेर अशक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको हो।

यस विषयका सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस