
रौतहट, ०३ असोज। रौतहटको राजदेवी नगरपालिका-४ मा शुक्रबार एक पुरुषको शव फेला परेको छ ।
राजदेवीको गडहिया घाटस्थित बागमती नदीको किनारमा करिब ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी गौरका डीएसपी राजु कार्कीले जानकारी दिए । ‘शवको अहिलेसम्म पहिचान भएको छैन,’ उनले भने, ‘घटनाबारे अनुसन्धान हुँदै छ ।’
घटनास्थल पुगेका प्रहरी निरीक्षक रुद्र कँडेलले शवको मुचुल्का गरी घटनाबारे स्थानीयसँग सोधपुछ भइरहेको जानकारी दिए ।
