
वीरगञ्ज, ०३ असोज। वीरगञ्ज महानगरपालिका–१९ केहुनियामा खटिएको सशस्त्र प्रहरी बल नम्बर १३ गणको मोबाइल टोलीले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको करिब ४ हजार प्रतिबन्धित बोईलर चल्ला बरामद गरेको छ।
ना ४१ प ४२२ नम्बरको मोटरसाइकलमा लोड गरिएका चल्ला नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। तर घटनामा संलग्न चालक भने फरार रहेका छन्।
बरामद गरिएका चल्लालाई नष्ट गर्ने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
सिमानावर्ती क्षेत्रमा भारतबाट अवैध रूपमा पशुपंक्षीको तस्करी हुने गरेकोमा सुरक्षाकर्मीले निगरानी बढाए पनि यस्ता गतिविधि दोहोरिने क्रम रोकिएको छैन भन्ने स्थानीयवासीको गुनासो छ।
