जेन-जी आन्दोलनको क्रममा : नेपाल प्रहरीको तिन हजार भन्दा बढी हतियार गायब

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ५, आईतबार (५ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

वीरगञ्ज, ०५ असोज। जेन-जी आन्दोलनको क्रममा देशभरबाट कति हतियार नष्ट भए र कति हतियार बाहिर छन् भन्ने यकिन विवरण बाहिर आएको छैन । नेपाल प्रहरीले यसको सबै विवरण सार्वजनिक गरेको छैन । तर काठमाडौँ उपत्यका र बाहिरका प्रहरी कार्यालयहरूबाट करिब ३ हजार हतियार भेटिएका छैनन् । ‘अहिलेसम्म करिब ३ हजार हतियार फेला परेका छैनन्’, स्रोतले भन्यो ।

प्रहरी स्रोतका अनुसार अहिलेसम्म २ हजार ९ सय ६४ हतियार फेला परेका छैनन्। ती मध्ये थोरै सङ्ख्यामा लुटपाट भएको अन्य सबै आगलागीबाट नष्ट भएको प्रहरीको दाबी छ । र १ लाख ७० हजार थान गोली आगजनीमा परेको स्रोतको दाबी छ ।

हराएका र नष्ट भएका हतियारमा राइफल एसएलआर, इन्सास राइफल, हर्नेट राइफल, मार्कफोर राइफल म्याग्नम लगायत छन्। यसैगरी सर्टगन र ग्यासगन पनि हराएको छ ।

प्रहरी कार्यालयमा तोडफोड र आगजनी हुँदा पनि भक्तपुरको ठिमी र काठमाडौँको कालिमटी वृत्तका प्रहरीले हतियार जोगाएका थिए । प्रहरीले लुटिएका हतियार र गोलीहरू फिर्ताका लागि सूचना त जारी गरेको छ तर अहिलेसम्म हतियार फिर्ता भएको छैन ।

आगजनी र लुटपाट चौकीबाट हतियार हराएको प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले डिआइजी दीपक रेग्मीको संयोजकत्वमा देशभरि आगजनी र तोडफोड गरिएका भवन तथा लुटिएका हतियार, गोली, बर्दीको विवरण सङ्कलन गर्न एउटा समिति बनाएको छ ।

सो समितिले काम सुरु गरिसहेको छ। उपत्यकामा जेनजी आन्दोलनका क्रममा प्रहरीका १२२ वटा कार्यालय भवन पूर्ण रूपमा र ९६ वटामा आंशिक रूपमा क्षति पुगेको छ ।

आन्दोलनका क्रममा विभिन्न कार्यालयमा राखिएका ११७ वटा चार पाङ्ग्रे सवारीसाधनमा पूर्ण रूपमा र चार वटा सवारीसाधनमा आंशिक रूपमा क्षति पुगेको छ । १५८ वटा दुई पाङ्ग्रे सवारीसाधनमा क्षति पुगेको छ । काठमाडौँ बाहिरको विवरण अझै सङ्कलन हुँदै गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस