सिरहामा एक बालकको हत्या

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ७, मंगलबार (५ महिना अघि)
  • २ पटक पढिएको
सिरहामा एक बालकको हत्या

सिरह,०७ असोज। सिरहामा अपहरणमा परेका बालकको हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार आज बिहान बालकको शव फेला परेको हो । घरभन्दा केही पर आँप बगैंचामा उनको शव फेला परेको हो ।

घटनाको अनुसन्धान थालिएको र डग टोली बोलाउने तयारी भएको उनले बताए ।

परिवारका अनुसार अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए । परिवारले रातभरि खोजतलास गर्दा पनि फेला परेनन् ।

सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासज आएको थियो । यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए । प्रहरीमा सोमबार नै खबर आएको सूचना अधिकारी यादवले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस