नेपाल-भारत सीमास्थित रक्सौल नाकामा एक सुडानी नागरिक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ७, मंगलबार (५ महिना अघि)
  • ३ पटक पढिएको
नेपाल-भारत सीमास्थित रक्सौल नाकामा एक सुडानी नागरिक पक्राउ

वीरगञ्ज,०७ असोज। नेपाल-भारत सीमास्थित रक्सौल नाकामा भारतको इमिग्रेसन विभागले एक सुडानी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ परेका सुडानी नागरिक मुर्तदा कमल हामिद मोहम्मद सन् २०१८ मा विद्यार्थी भिसामा भारत प्रवेश गरेका थिए । तर, उनको भिसाको अवधि सन् २०२२ मा समाप्त भएपछि उनी अवैधानिक रूपमा भारतमा बस्दै आएका थिए ।

भारतको इमिग्रेसन विभागका अनुसार, सुडानी नागरिक सोमबार नेपाल प्रवेश गर्ने क्रममा रक्सौल नाकामा पक्राउ परेका हुन् । विभागले उनलाई अवैधानिक बसोबास र भिसा नियम उल्लङ्घनको आरोपमा पक्राउ गरेको जनाएको छ ।

घटनाले सीमा क्षेत्रमा कडा निगरानी र वैधानिक प्रवेशको महत्त्वलाई पुनः उजागर गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस