प्रहरीमाथि आक्रमण, ३ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ७, मंगलबार (५ महिना अघि)
  • २ पटक पढिएको
प्रहरीमाथि आक्रमण, ३ जना पक्राउ

काठमाडौँ,०७ असोज। भक्तपुरको सूर्यविनायक नगरपालिका–४ कटुन्जेस्थित नगरपालिकाको कार्यालय नजिकै गएराति झगडा भएपछि स्थानीयले प्रहरी कन्ट्रोलमा खबर गरे । झगडा नियन्त्रण गर्न प्रहरी प्रभाग कटुन्जेका प्रहरी नायव निरीक्षक (प्रनानि) राजन बनमाला र जवान राज बहादुर ऐर घटनास्थलमा पुगे ।

घटनास्थलमा पुगेका सोही प्रहरीलाई झगडा गर्ने एउटा समूहले आक्रमण गरेका छन् । झगडियाहरूले प्रहरीमाथि हातपात हुँदा प्रनानि बनमाला र जवान ऐर सामान्य घाइते  भएका छन् । आक्रमणका बिच प्रहरीले एकजना झगडियालाई घटनास्थलमै पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ नगरपालिका घर भएर सूर्यबिनायक बस्ने ३२ वर्षीय अर्जुन तामाङ छन् ।

जिल्ला प्रहरी परिसरले भक्तपुरले थप फौज परिचालन गरेर अरू दुई जनालाई पनि पक्राउ गरेको छ । आरोपीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका एकजना अधिकृतले बताए । प्रहरी कर्मचारीहरू सूर्यबिनायक नगर अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।

जेनजी प्रदर्शनपछि अपराधमा संलग्नहरूको मनोबल बढेको र प्रहरीमाथि आक्रमण हुन थालेको प्रहरीका अधिकृतहरू बताउँछन् । भक्तपुरका स्थानीयहरूले पनि सामाजिक सञ्जालमा घटनाबारे लेख्दै समाजमा सुरक्षा दिनुपर्ने प्रहरी आफैँ ‘असुरक्षित’ हुन थालेको टिप्पणी गरेका छन् । 

ताजा अपडेट

खोजी गर्नुहोस