रौतहटमा लागुऔषध ओसारपसार गर्ने क्रममा मोटरसाइकलसहित एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ८, बुधबार (५ महिना अघि)
  • २ पटक पढिएको
रौतहटमा लागुऔषध ओसारपसार गर्ने क्रममा मोटरसाइकलसहित एक जना पक्राउ

रौतहट, ०८ असोज। रौतहटको बंकुल बजारतर्फ लागुऔषध ओसारपसार गर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी) ले एक तस्करलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।

भारत-नेपाल सीमा नजिकैको घोडासहन अन्तर्गत लक्ष्मीनिया टोलामा एसएसबी ७१औँ बटालियन न्यू कोरैयाले गरेको कारबाहीमा प्रतिबन्धित औषधिसहित तस्कर पक्राउ परेको हो।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतीहारी जिल्लास्थित घोडासहन थाना अन्तर्गत कोरैया गाउँ झरोखर पञ्चायतका राजु प्रसाद कुशवाहा रहेका छन्। उनी घोडासहनबाट लागुऔषध ल्याई रौतहटको बंकुलमा राजवीर नाम गरेका व्यक्तिलाई बुझाउने क्रममा पक्राउ परेका हुन्।

एसएसबीका अनुसार कुशवाहाको मोटरसाइकलको डिकी जाँच गर्ने क्रममा ट्रामाडोल ब्रान्डका ४० क्याप्सुल बरामद गरिएको हो। पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि झरोखर प्रहरी चौकीमा बुझाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस